काठमाडौं। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सदर गरेको छ।
मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ १६ मा दिएको आमाफीविरुद्ध परेको रिट खारेज गरेको हो।
चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध शारदा कडायतले चौधरीले आममाफी दिने जेठ १४ को निर्णयविरुद्ध रिट दायर गरेकी थिइन्। कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन्।