काठमाडौं- जलवायु परिवर्तनका असमान र गम्भीर प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता र हिमालयसँग जोडिएको अस्तित्वमै चुनौती थपिएको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति शाखा स्थापना गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको जलवायु कूटनीतिलाई थप संस्थागत, समन्वित र परिणाममुखी बनाउन शाखा स्थापना गरिएको हो।
मन्त्रालयले जलवायु परिवर्तनका कारण देखिएका प्रभावलाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउँदै नेपालको हित संरक्षण गर्न जलवायु कूटनीतिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।