मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन्। 

रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत् प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए। चापका बिच विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताए। 

‘अब जोडिने प्रसारण लाइन के कस्तो छ, अरू ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ। तैपनि जाँडो महिनामा पनि अहिलेजस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्नमा हामीले वर्कआउटहरु गरिरहेका छौँ। आशा गरौँ अहिले अब प्रसारण लाइनमा जोडिने लगायत आपूर्ति सन्तुलित हुनेछ,’ उनले भने।  

प्रसारण लाइनबाट बाहिर गएकाले केही असहज हुन्छ कि भनेर चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसमा वर्कआउट भइरहेको बताए।

‘जाडो महिनामा माग धेरै हुँदो रहेछ। खास गरी दुई महिनामा त्यो हुन्छ। त्यसको वर्कआउटहरु भइरहेको छ,’ उनले भने।  

मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत् जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिँदै अब आउने सुख्खायाममा कसरी व्यवस्थापन गर्ने भनेर प्राविधिक हिसाबले तयारी भइरहेको बताए।

प्रकाशित: Sep 21, 2026| 11:40 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्