काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी रहेको छ।
सचिवालय बैठकले आजै बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने बताइएको छ। सचिवालय बैठकपश्चात केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ। केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउने एमालेको तयारी छ।
केन्द्रीय कमिटीको बैठक ललितपुरको भनीमण्डलमा ११ बजेपछि सुरु हुने बताइएको छ।