आइतबार, असोज ४, २०८३

रास्वपा सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन्। 

आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सपथ समाराेहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए। 

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए। 

भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेका थिए।  सपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रकाशित: Sep 20, 2026| 16:37 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्