सोमबार, असोज ५, २०८३

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्।

चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीनको ग्वान्झाउ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्। प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किनेछन्। 

प्रकाशित: Sep 20, 2026| 15:10 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्