काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।
प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली, काठमाडौँमा बस्ने प्रवक्ता खरेलले जानकारी दिएका छन्।
बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।