शुक्रबार, असोज २, २०८३

अन्दोलनको तयारीमा छौं : प्रचण्ड

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं।  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कथित नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको टिप्प्णी गर्दै अहिले आन्दोलनको तयारी गरिरहेको बताएका हुन्। 

उनले संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सडक संर्घषले गर्ने बताए। 

प्रचण्डले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताउदै भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उल्लेख गरे।

प्रचण्डले पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्दै प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको दाबि गरेका थिए। अर्को प्रसंगमा आफुले भारत भ्रमणका क्रममा नेपालमा मुर्रा भैसी ल्याएको बताउदै त्यो काम चानचुने नभएको उल्लेख गरेका थिए। उनले नेपालबाट चीनमा भैसीको मासु निर्यातका लागि सहमति समेत गरेको प्रसंग बताएका थिए।  

प्रकाशित: Sep 18, 2026| 17:35 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्