बिहीबार, असोज १, २०८३

संघीय संसद्का‍ तीन समितिको बैठक बस्दै

 |  बिहीबार, असोज १, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०८३

काठमाडौं- आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ। विहिबार प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको 

त्यस्तै, आज बिहान साढे ८ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा जलवायू परिवर्तन सम्बन्धमा विषय विज्ञहरूसँग र संयुक्त राष्ट्र सङ्घीय महासभामा रराष्ट्रमन्त्रीको सहभागिता सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यसैगरी, विहान ११ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

त्यस्तै, आज विहान ११: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कुटनीतिक प्रवर्द्धन सम्बन्धमा निम्नानुसारका विषयमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

प्रकाशित: Sep 17, 2026| 06:45 बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्