बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णय

सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णय

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं। सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरको छ। 

वुधबार बसेको बैठकले संसद बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइने भएको छ भने अर्को संसदीय समिति बनाउने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्।

उच्चस्तरीय राजनीतिक संयन्त्र रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा बनाइएको छ भने संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल रहने छन्।

खरेलले भने, 'दिगो रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको सन्दर्भमा छलफल गर्नको लागि रास्वपाका सभापति रवि लामिछाने संयोजक रहनुभएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।’

त्यस्तै बैठकले संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ। 

बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका थिए।

प्रकाशित: Sep 16, 2026| 15:13 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्