काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार आयोगको वार्षिक प्रतिवेदन संवैधानिक व्यवस्थाअनुसार पेश गरिएको हो।