काठमाडौं- नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढिरहेको महंगीप्रति सरकार मौन रहेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको वुधबारको बैठकमा बोल्दै नेता केसीले पछिल्लो समय देशमा महंगी व्यापक रुपमा बढेको अवस्थामा सरकार मौन रहेको भन्दै यो दुखद भएको र गम्भीर हुन चेतावनी दिएका छन्। उनले ग्यास व्यवस्थापन गर्न सरकारले नसकेको बताउदै कालोबजारीमा ग्यास तुरुन्त पाइएकोप्रति सरकार बेखबर रहनु दुखद भएको बताए।
जनताले दुई तिहाइ मत दिएको बिचौलियालाई पोस्न र अकर्मण्य बन्न नदिएको भन्दै प्रभावकारी अनुगमन गरेर कालोबजारी रोक्न सरकारलाई आग्रह गरेका छन्।
उनले संकटको बेला नागरिकको चुलो बलेको सुनिस्चित गर्नु सरकारको दायित्त्व भएको बताउदै सरकार र सरकारी निकाय मौन रहनु कुनै पनि किसिमले सहि नभएको बताए। नेता केसीले सरकारले प्रभावकारी अनुगमन गरेर कालोबजारी नरोकेमा र वितरण सहज नबनाएमा जनता सडकमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएका छन्।
उनले भोटेकोशी बढीको प्रभावकारी अनुगमन र व्यवस्थापनका लागि संसदीय समिति बनाउन माग गरेका छन्।