बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनको असरले यस्ता विपद् बढिरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सामना गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासबाट पारस्परिक लाभ लिन सकिने बताउँदै अमेरिकी लगानीलाई नेपालले स्वागत गर्ने बताएका छन्।

कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेकी छन्। उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग र सहकार्य गर्न तयार रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

प्रकाशित: Sep 16, 2026| 13:22 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्