बुधबार, भदौ ३१, २०८३

फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री सोबिता गौतमले फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐतिहासिक विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी भइरहेको बताएकी छन्।

उनले सडक, नदी, बस्ती तथा सार्वजनिक स्थलमा बढ्दै गएको फोहोरले नेपालको प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यमा चुनौती थपिएको बताएकी छन्।

प्रस्तावित विधेयकले फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित गर्ने उनले जानकारी दिएकी छन्। यसमा फोहोर उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, सङ्कलन तथा ढुवानी, प्रशोधन, पुनःप्रयोग र पुनःप्रशोधनका विषय समेटिनेछन्।

त्यस्तै, फोहोरबाट मल, ग्यास तथा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनको व्यवस्थासमेत विधेयकमा गरिनेछ। शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता आधुनिक अवधारणालाई पनि कानुनी रूपमा समेटिने मन्त्री गौतमले बताएकी छन्।

उनले फोहोर उठाउनु मात्र समाधान नभएको बताउँदै उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गर्नुपर्नेमा जोड दिएकी छन्। प्रस्तावित विधेयक स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणतर्फ महत्वपूर्ण कानुनी कदम हुने उनको भनाइ छ।

प्रकाशित: Sep 16, 2026| 10:07 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्