बुधबार, भदौ ३१, २०८३

आज संघीय संसदका तीन समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ। आज प्रतिनिधि सभाका दुई समिति अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।

त्यस्तै आज संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ।

आज बिहान १० बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान ९ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा शिक्षा मन्त्री, शिक्षा सचिव, कानुन सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशनसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

त्यसैगरी, विहान ११: १५ बजेदेखि शुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिका पूर्व सभापतिसँग छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Sep 16, 2026| 08:11 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्