शुक्रबार, जेठ १, २०८३

पशुपतिले भने– ‘लुट्‍न सके लुट् कान्छा, नेपालमै हो छुट’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। 

गायत शर्माले लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत बजारमा ल्याएका हुन् । उक्त गीतको म्युजिक भिडियो शर्माले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

गीत मार्फत शर्माले देशमा ब्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारलगायतका विषलाई ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका छन्।

गीतमा शब्द, संगीत पनि गायक शर्माकै रहेको छ। गीतको म्युजिक भिडियोमा पशुपती शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। 

भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्