काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।
संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यसअघि नै पार्टीका तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ। त्यसमा सांसदहरूको मासिक लेवीसमेत समावेश गरिएको थियो।
यसका अतिरिक्त सांसदहरूले व्यक्तिगत रूपमा रकम योगदान गर्ने स्वघोषणा गरेकाले न्यूनतम १५ हजार रुपैयाँका दरले करिब २७ लाख १५ हजार रुपैयाँ थप जम्मा हुने बुर्लाकोटीले जानकारी दिएका छन्।