सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालबालिकामा गरिएको लगानी राष्ट्रको सुखद भविष्यका लागि हो- प्रधानमन्त्री शाह

बालबालिकामा गरिएको लगानी राष्ट्रको सुखद भविष्यका लागि हो- प्रधानमन्त्री शाह

 |  सोमबार, भदौ २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०८३

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि हुने बताएका छन्।

राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।

उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, सञ्चार क्षेत्र तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिले सुनिश्चित गरेका अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा व्यवहारमै अनुभूति गराउनु अबको मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन्।

यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन्।

प्रकाशित: Sep 14, 2026| 12:15 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्