आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा

नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका छन्। 

हरितालिका तीजको अवसरमाशुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली चाडपर्वले देशको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताए। 

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरे।सभापति थापाले तीज नेपाली महिलाहरूको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताए। 

उनले यस पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको बताए।

थापाले चाडपर्वहरू उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको उल्लेख गरे। यस्ता सांस्कृतिक परम्पराले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको उनले बताए। 

उनले हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गरे।
 

प्रकाशित: Sep 13, 2026| 22:17 आइतबार, भदौ २८, २०८३