काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने गरि बोलाइएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसका नेता पूर्णबहादुर खड्का पक्षले महाधिवेशनमा भाग लिने भएपछि बैठकले उनी पक्षका नेताहरुलाई केन्द्रीय समितिमा सहभागी गराएर महाधिवेशनमा सहभागी हुने वातावरण बनाइने बताइएको छ।