बिहीबार, भदौ २५, २०८३

एनभीएलमा आज दुई खेल हुँदै

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुदैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सगरमाथा स्मासर्स र अन्नपूर्ण स्पाइकर्स किंगबीच दिउँसो ४ बजे तथा मधेश वारियर्स र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुनेछ।

सगरमाथाले यसअघि खेलेका ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अन्नपूर्णले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ। 

त्यस्तै, मधेशले यसअघि खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने कर्णालीले यसअघि खेलेका ४ खेलमा ३ जित र एक हार बेहोरेको छ। 

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन्।

प्रकाशित: Sep 10, 2026| 08:37 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्