काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज ओमानसँग खेलिरहेको छ।
यस खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ। योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ।
यस खेलमा नेपाली क्रिकेटर शेर मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेका छन्। मल्लले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको सेमिफाइनलमा खेल्दै एकदिवसीय डेभ्यु गरेका हुन्। उनी नेपालको तर्फबाट एकदिवसीय डेभ्यु गर्ने ४५औं खेलाडी बनेका छन्।
यस खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, बसिर अहमद, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी रहेका छन्।