बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दै

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज ओमानसँग खेल्ने भएको छ।

नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ।

समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपाल अन्तिम खेलमा हङकङ चाइनासँग पराजित भएको थियो भने त्यसअघि बहराइन मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। त्यस्तै समुह ए बाट हङकङ चाइना उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ।

त्यसैगरी समुह बी बाट युएई समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने ओमान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइनाले युएईसँग खेल्ने छ। सेमिफाइनलका खेल विहिबार हुने छन्। एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ। नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

प्रकाशित: Sep 10, 2026| 05:58 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्