विश्वभर आज भ्यालेन्टाइनको रौनक छाएको छ। राता गुलाफ, चकलेट, मुटु आकारका तथा अन्य गिफ्टले थुप्रै प्रेमिल जोडिहरुलाई रोमाञ्चक बनाएको छ। परिणय दिवसलाई विभिन्न देशमा आ–आफ्नै तरिकाले मनाउने प्रचलन छ। केही देशमा रोचनकताका साथ भ्यालेन्टाइन डे मनाइन्छ। यहाँ त्यस्तै केही देशको चर्चा गर्न खोजिएको छ।
फ्रान्स
फ्रान्सलाई विश्व कै सबैभन्दा रोमान्टिक देश मानिन्छ। फ्रान्समा रोचकताका साथ भ्यालेनटाइन डे मनाइन्छ। भ्यालेन्टाइन कार्ड प्रदान गर्ने सुरुवात पनि फ्रान्सबाट नै भएको भन्ने कथ्य छ।
सन् १४५१मा फ्रान्सको ओरलिन्स राज्यका राजा चाल्र्स त्यसताका, ‘टावर अफ लन्डन’मा बन्दी बनाएका थिए। राजा चाल्र्सले बन्दी रहँदा आफ्नो श्रीमतीलाई भ्यालेन्टाइन डेमा कार्ड पठाएको मान्यता छ। त्यस पछि, कार्डकोे प्रचलन सुरू भएकोेमान्यता रहेको छ।
यसका साथै, भ्यालेन्टाइन डे मा आफ्नो प्रेमी प्रेमिकाको तस्बिर भित्तामा बनाइने गरिन्थे। यदि, उनीहरूले बनाएका चित्र नमिलेमा उनीहरू ब्रेकप गर्न मिल्थ्यो। यो प्रचलन अहिले भने बन्द भइसकेको छ।
डेनमार्क
अचम्मको विषय यो छ कि, डेनमार्कमा ‘भ्यालेन्टाइन डे’ सन् १९९० को ताकामा मात्र आएको हो। हुनत भ्यालेन्टाइनको संकेतक ‘रातो गुलाफ’, मुटु आकारका गिफ्ट मानिए पनि, डेनमार्कमा भने ‘स्नोड्रप’ नामक सेतो फुल प्रेमको संकेत मानिन्छ र सोही फुल दिने गरिन्छ।
यसका साथै, फेब्रुअरी १४ सुरूवाती समयमा युवकहरूले उनीहरूलाई मनपर्ने युवतीलाई जोकले भरिएका चिठीहरू लेख्ने पठाउने प्रचलन थियो। उक्त चिठीमा ठट्यौली कविता, चुट्किला लेखिने टेन्ड्र थियो। फरक यति हो कि, चिठीमा पठाउने व्यक्तिले नाम लेखेको हुनु हुँदैन।
यदि, प्रापकमहिलाले उनलाई चिठी पठाउने व्यक्तिको पहिचान गर्न सकिन् भने उनले त्यस वर्षको ‘इस्टर’ पर्वमा ‘इस्टर एग’ एक प्रकारको चकलेट हक अनुसार पाउने छिन्।
जापान
जापानमा भ्यालेन्टाइनको ठ्याक्कै उल्टो गरी मनाउने गरिएको छ। भ्यालेन्टाइनमा जुन रूपमा प्रेमीले प्रेमिकालाई उपहार र चकलेट दिने गरिएको छ। त्यो ठ्याक्कै विपरीत रहेको छ। यसको ठ्याक्क एक महिनामा ह्वाइट डे मनाइन्छ।
मार्च १४ मा, ‘ह्वाइट डे’ मानिन्छ। यस दिनमा प्रेमीहरूले ‘भ्यालेन्टाइन डे’ मा पाएको भन्दा दोब्बर गिफ्ट र चकलेट प्रेमिकालाई दिनु पर्ने हुन्छ।
साउथ कोरिया
साउथ कोरियामा पनि जापानमा जस्तै गरी भ्यमलेनटाइन डे मनाउने गर्छन्। तर, फरक के छ भने जापानमा ह्वाइट डे बनाए जस्तै साउथ कोरियामा भने ‘अप्रिल १४’ लाई ‘ब्ल्याक डे’ मान्छन्।
‘ब्ल्याक डे’मा भने ‘सिङिगल’ रहेकाहरू सडकमा आउने, जम्मा हुने गर्छन्। उनीहरूले उक्त दिन कालो लुगा लगाउने गर्छन्। उनीहरूले यो दिन जाजाजङ्ग मियोन् खाने गर्छन्। जाजाजङ्ग मियोन, चाउचाउमा कालो राजमाको पेस्ट राखेर खाने गर्छन्।
रूस
विश्वका अन्य देश जस्तो, रूसमा भने ‘भ्यालेन्टाइन डे’ खासै मा मनाउने गरिदैन। यो देशमा ‘रोमान्टिक भ्यालेन्टाइन’ बिदा अन्य देशमा जस्तो दिने गरिदैन। ‘भ्यालेन्टाइन डे’ रूसी संस्कृतिको विरूदमा रहेको कारण देखाउँदै भ्यमलेन्टाइनमा बिदा नहुने र मनाइने पनि गरिदैन।
तर, अचम्मको विषय के छ भ्यालेनटाइनडेको दिन साँझको खानामा भने उनीहरुले भ्यालेनटाइनको खाना सेट ब्राइट रेड बर्स्ट, काभियर र भोड्का लिने गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४