बुधबार, भदौ २४, २०८३

एनभिएलमा खप्तडमाथि अन्नपूर्ण सोझो सेटमा विजयी

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं। नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ। 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न आयोजित खेलमा अन्नपूर्णले खप्तडलाई २५-१५,२५-१५ र २९-२७ को सोझो सेटमा पराजित गरेको हो। 

प्रतियोगितामा अन्नपूर्णको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किंग्स ४ खेलबाट ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

त्यस्तै, लगातार चार हारसँगै खप्तड फाल्कन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। 

प्रकाशित: Sep 09, 2026| 21:05 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्