बुधबार, भदौ २४, २०८३

जेनजी सहिदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं- सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ।

अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो।

गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरुको शालिक बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषद्ले‍ गरेको थियो। सोही सरकारका पालामा निर्माण थालिएर अहिले सम्पन्न भएको हो।

भदौ २३ को एक वर्ष पुरा भएको अवसरमा आज शालिक अनावरण गर्न लागिएको थियो।

प्रकाशित: Sep 09, 2026| 13:29 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्