काठमाडौं- अमेरिकी एआई चीप निर्माता कम्पनी एनभिडियाले भोटेकोशी बाढीपछि राहत तथा पुन: निर्माणका एक करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङलाई करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको सहयोगका लागि धन्यवाद दिएका छन्।
अर्थमन्त्री वाग्लेका अनुसार यो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।