काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज विहिबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४६ कम्पनिका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ मा कारोबार भएको थियो। आज फाइनान्स, हाइड्रो, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर ८.७६ प्रतिशतले बढेको छ भने चिर्ख्वा हाइड्रोको शेयर ८.५६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी पियोर इनर्जीको शेयर १३.३३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४० करोड ९ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १३ करोड ३२ लाख बराबरको कारोबार भएको छ।