काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ हजार ६ सयले बढेर तोलाको ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १४५ रुपैयाँले बढेर ४७२५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो।