बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरूको ऊर्जा क्षेत्रमा ५ खर्ब ३ अर्ब ८५ करोड लगानी

वाणिज्य बैंकहरूको ऊर्जा क्षेत्रमा ५ खर्ब ३ अर्ब ८५ करोड लगानी

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- नेपालका २० वटा वाणिज्य बैंकले २०८३ असारसम्म जलविद्युत् र ऊर्जा क्षेत्रमा ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन्। ऊर्जामा नबिल बैंकले सबभन्दा धेरै लगानी गरेको छ भने कुल कर्जाको हिस्सामा कुमारी बैंक अगाडि रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

नबिल बैंकले ५३ अर्ब ५३ करोड ऊर्जा क्षेत्रमा लगानी गरेको छ। यस्तै, कुमारी बैंकले ऊर्जामा ५२ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको छ। तथ्यांकअनुसार ग्लोबल आइएमईको  ३२ अर्ब ९ करोड, एनएमबीको ३० अर्ब ६८ करोड, सानिमाको ३० अर्ब ४५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाको ३६ अर्ब ४८ करोड, लक्ष्मी सनराइजको ३४ अर्ब १२ करोड लगानी रहेको छ। 

यस्तै, एभरेष्टले २७ अर्ब ६७ करोड, राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ४० करोड, प्राइम कमर्सियलले २६ अर्ब ८७ करोड, सिटिजन्सले २४ अर्ब १६ करोड, सिद्धार्थले २२ अर्ब ३९ करोड, प्रभुले १९ अर्ब ८८ करोड, हिमालयनले १८ अर्ब २५ करोड, नेपाल बैंकको १७ अर्ब ४७ करोड र माछापुच्छ्रे बैंकको १६ अर्ब ३२ करोड रुपैयाँ लगानी छ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्डले ५ अर्ब ७५ करोड, कृषि विकासले १३ अर्ब ७६ करोड, नेपाल एसबिआई बैंकले ११ अर्ब ७२ करोड रुपैयाँ ऊर्जामा लगानी गरेका छन्। यीमध्ये एनआईसी एसियाको लगानी सबभन्दा कम २ अर्ब २५ करोड मात्र छ।

प्रकाशित: Sep 03, 2026| 08:51 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्