बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशन

बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशन

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं। नेपाल राष्ट्र बैंकले भोटेकोसी नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। 

राष्ट्र बैंकले बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैंकले भनेको छ, हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग/सहजीकरण गर्ने व्यवस्था मिलाउनूहुन् यो सूचना जारी गरिएको छ।' 

प्रकाशित: Sep 02, 2026| 17:10 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्