काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १८५ रुपैयाँले घटेर ४५८० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४७६५ मा कारोबार भएको थियो।