बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङद्वारा २५ लाख रुपैयाँ सहयोग

बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङद्वारा २५ लाख रुपैयाँ सहयोग

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेको जनाएको छ।विपद्को घडीमा पीडित परिवारको राहत तथा पुनःस्थापनामा सघाउ पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको अध्यक्ष घिमिरेले बताए।

प्रकाशित: Sep 02, 2026| 11:03 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्