बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लू ग्रुपद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयाेग

एमएडब्लू ग्रुपद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयाेग

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत देशका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्लू ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। बाढीका कारण घरबार, जीविकोपार्जन तथा आफ्ना प्रियजन गुमाएका पीडित परिवारलाई तत्काल राहत र पुनर्निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको कम्पनीले जनाएको छ।

सहयोगबारे बोल्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले संकटको यस घडीमा राष्ट्र र जनताको साथमा उभिनु आफ्नो कर्तव्य भएको बताए। उनले विपद्को समयमा भएको यस योगदानले प्रभावित परिवारलाई नयाँ जीवन सुरु गर्न केही राहत मिल्ने विश्वास व्यक्त गरे।

कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरूप्रति आभारसमेत व्यक्त गरेको छ।

प्रकाशित: Sep 02, 2026| 10:54 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्