बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण भएको जनधनको अपूरणीय क्षतिमा राहतस्वरूप कम्पनीले उक्त सहयोग गरेको हो। 

बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत गरेको जनाएको छ।यस दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।

प्रकाशित: Sep 02, 2026| 10:11 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्