बुधबार, भदौ १७, २०८३

बाढी पीडितलाई हिमालयन बैंकको ३ करोड १ लाख सहयोग

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- हिमालयन बैंकले भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा प्रभावितहरूको उद्धार, सहायता तथा पुर्नस्थापनाका लागि ३ करोड १ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। 

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरूलाई अत्यन्तै मर्माहित बनाएको छ र यस दुःखद घडीमा प्रभावित सबैमा धैर्य धारण गरि आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रह गरेको छ।

बैंक यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: Sep 02, 2026| 10:00 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्