बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेसनल लाइफको १ करोड ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेसनल लाइफको १ करोड ५१ लाख सहयोग

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- नेसनल लाइफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रूपैयाँ रकमको आर्थिक सहयोग गरेको छ।

उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरू एवं अभिकर्ताहरू सबैमा अनुरोध गरेको छ।

यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति कम्पनीले समवेदना प्रकट गरेको र घाइतेहरूको शिघ्र स्वास्थ लाभको कामना गरेको छ।

प्रकाशित: Sep 02, 2026| 09:54 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्