मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं। सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ स्थगित भएको छ।

आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जनाएको हो। 

कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठाका विजयीलाई उपहार दिइसकेको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्मका कुपन सोमबार चिठ्ठामार्फत तानिएको थियो। तर, विपदका कारण यो कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो।

नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर चल्ने बताइएको छ। स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को कार्यक्रमको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। 

कार्यक्रममा योग्य कारोबार गर्ने उपभोक्तालाई कुपन उपलब्ध गराई चिठ्ठामार्फत विजेता छनोट गर्ने र नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ।

प्रकाशित: Sep 01, 2026| 16:25 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्