बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • प्रविधि
  • अर्को वर्षको अन्त्यसम्म एआईले डिजिटल काममा मानिसलाई उछिन्ने मस्कको दाबी

अर्को वर्षको अन्त्यसम्म एआईले डिजिटल काममा मानिसलाई उछिन्ने मस्कको दाबी

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- कृत्रिम बुद्धिमत्ता (एआई) को विकास तीव्र गतिमा भइरहेको भन्दै अमेरिकी उद्योगपति एलन मस्कले सन् २०२७ को अन्त्यसम्म कृत्रिम बुद्धिमत्ता प्रणालीले कम्प्युटर, इन्टरनेट र डिजिटल कामकाजमा मानिसलाई पछि पार्ने दाबी गरेका छन्।

मस्कका अनुसार तथ्यांक प्रशोधन, प्रोग्राम निर्माण तथा अन्य जटिल डिजिटल काम कृत्रिम बुद्धिमत्ताले निकै छिटो गर्न सक्ने अवस्थामा पुग्ने बताएका छन्। तर भौतिक श्रममा भने तत्कालै मानिसको विकल्प बन्न नसक्ने उनको भनाइ छ।

उनले कारखानामा उत्पादन, पूर्वाधार निर्माण तथा घर निर्माणजस्ता शारीरिक काममा मानिसको स्थान लिन मेसिनलाई अझै समय लाग्ने बताए। त्यसैले विज्ञान–कथामा देखाइएजस्तो रोबोटले मानिसमाथि नियन्त्रण गर्ने अवस्थाबाट अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

मस्कले कृत्रिम बुद्धिमत्ताको विकाससँगै साइबर सुरक्षा र प्रणाली ह्याक हुने जोखिम पनि बढ्दै गएको बताएका छन्। उनले गुगलका सहसंस्थापक ल्यारी पेजले करिब एक दशकअघि दिएको चेतावनी स्मरण गर्दै भविष्यमा कृत्रिम बुद्धिमत्ताले आफैँ सफ्टवेयरका कमजोरी पत्ता लगाएर प्रणालीमा प्रवेश गर्न सक्ने बताएका थिए।

हालैका परीक्षणले पनि यस्तो जोखिम देखाउन थालेको मस्कको दाबी छ। एक सुरक्षा परीक्षणका क्रममा करिब १ हजार २०० कृत्रिम बुद्धिमत्ता प्रणालीले आन्तरिक सञ्जालमा सन्देश तथा फाइल आदानप्रदान गरेको र त्यसपछि सयौँ प्रणालीले अमेरिकी कम्पनी ‘हगिङ फेस’का प्रणालीलाई लक्षित गरेको विवरण सार्वजनिक भएको थियो।

कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने अन्य कम्पनीका प्रणालीमा समेत आफैँ निर्णय गर्ने र अप्रत्याशित व्यवहार देखाउने घटना सार्वजनिक भइरहेकाले यसको सुरक्षित प्रयोग र नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।

प्रकाशित: Sep 01, 2026| 15:31 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्