बिहीबार, भदौ ४, २०८३

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

बुधबार मध्याह्न मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन। जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको प्रहरीले जनाएको छ। उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Jul 28, 2021| 13:05 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।