काठमाडौं- एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ।यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बिवाइडीका प्रत्येक सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आइओटी) सिम जडित हुनेछन् जसबाट ग्राहकहरूलाई अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यले नेपालमा आइओटी नवप्रवर्तनको क्षेत्रमा एनसेलको अग्रणी स्थानलाई थप सुदृढ बनाएको छ। यसलाई अवलम्बन गर्दै, एनसेलले विभिन्न क्षेत्रमा कनेक्टेड प्रविधिको प्रयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
आइओटी सिम जडित भएपछि गाडीमा अन्य कुनै उपकरणको प्रयोग बिनै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुन्छ, जसले बिवाइडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरूलाई सपोर्ट गर्छ।
प्रयोगकर्ताहरूले फोन कनेक्ट नगरी वा वाई–फाई हटस्पटमा निर्भर नभई सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओके लगायतका अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्नेछन्।सुविधाहरूको उपलब्धता सवारी साधन, सफ्टवेयर मोडल र नेपालमा उपलब्ध रहेका सेवाहरूमा निर्भर हुनेछ। आइओटी सिम मार्फत एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजको लाभ ग्राहकहरूले उठाउन सक्नेछन्।
ग्राहकहरूले आफ्नो फोनमा एनसेल नेटवर्क चलाउँदा जस्तै प्रयोगकर्ताको अनुभव कभरेज, स्थान र सवारी साधन कन्फ्युग्रेसन अनुसार फरक हुन सक्छ।'आइओटी सेवासम्बन्धि यो साझेदारीले बिवाइडी सवारी साधनहरूमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिन्छ, जसले गर्दा ग्राहकहरूले आइओटी सोलुसन्स मार्फत अझ सहज र सुविधाजनक कनेक्टेड ड्राइभिङ अनुभव लिन सक्छन्,' एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।
'बिवाइडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाहरूका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध गराएर हामी प्रयोगकर्ताहरूलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन मद्दत गर्दछौं,' उनले थपे, 'साथै, लोकल नेटवर्कमा कनेक्ट हुँदा तपाईँ बाटोमा हुनुहोस् वा ट्राफिकमा अड्किएको अवस्था होस्, यसबाट थप भरपर्दो नेभिगेसन सुनिश्चित हुन्छ।'
यो साझेदारीबाट बिवाइडीका नयाँ ग्राहकहरूलाई मात्र नभएर, विगत देखिनै बिवाइडी सवारी साधन भएकाहरूले पनि फाइदा लिन सक्नेछन्। उनीहरूले नेपालभरका १३ स्थानमा रहेका बिवाइडी आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो हालको सवारी साधनमा एनसेल आइओटी सिम जडान गरी उपलब्ध सुविधाहरूको लाभ लिन सक्नेछन्।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, 'बिवाइडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा रहेको छ। एनसेलसँग सहकार्य गरेर हामी हाम्रा ग्राहकहरूको अनुभवलाई अझ उन्नत बनाउने अर्को महत्त्वपूर्ण कदम चालिरहेका छौँ। भरपर्दो इन-भेइकल कनेक्टिभिटीले हाम्रा प्रयोगकर्ताहरूलाई बिवाइडी सवारी साधनका इन्टेलिजेन्ट सुविधाहरू पूर्ण रूपमा अनुभव गर्न सहजीकरण गर्दछ।' ग्राहक अनुसारको कनेक्टिभिटी प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधन वा सेवा प्याकेजमा निर्भर गर्नेछ।