सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १८औं नाडा अटो शो भदौ ९ देखि सुरु हुँदै, मेडइन नेपाल 'यात्री' प्रमुख आकर्षक

१८औं नाडा अटो शो भदौ ९ देखि सुरु हुँदै, मेडइन नेपाल 'यात्री' प्रमुख आकर्षक

 |  सोमबार, भदौ १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०८३

काठमाडौं। भदौं ९ गतेदेखि नाडा अटो शो २०२६ सुरु हुने भएको छ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)द्वारा आउँदो भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जाको प्रदर्शनीमा राखिने भएको हो।

नाडा अटो शो सभापति  अनुपकुमार बरालका अनुसार ६ दिनसम्म चल्ने सो अटो शोमा २३ वटा कमर्शियल भेइकल, १७ वटा निजी सवारी साधन र १० वटा दुई पाग्रे सवारी साधनहरू प्रदर्शनीमा राखिने छ।

यससँगै नाडा अटो शोमा करिब २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ। अटो शोको सबैभन्दा आकर्षकको रुपमा नेपालमै बनेको यात्री मोटरसाइकललाई लिइएको छ। यस्तै नेपालमै एसेम्बल गरिएका दुई पाग्रे सवारी साधनदेखि हेलिमेट, लुब्रिकेट आयल सहित प्रदर्शनीमा राखिने जनाएको छ।

प्रकाशित: Aug 17, 2026| 19:07 सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्