सोमबार, भदौ १, २०८३

वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

 |  सोमबार, भदौ १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०८३

हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।  

अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन्। प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन्। 

गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा रहेका थिए।

मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब बागमतीमा सरकारको नेतृत्व एमाले र नेकपाबीच भएको सहमति अनुसार एमालेले गर्ने भएको छ।

प्रकाशित: Aug 17, 2026| 14:50 सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्