शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्यास अभाव अन्त्य गर्न आइतबार उपत्यकाका ७ स्थानबाट बिक्री हुँदै

ग्यास अभाव अन्त्य गर्न आइतबार उपत्यकाका ७ स्थानबाट बिक्री हुँदै

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

काठमाडौं। खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतबार नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ।

निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो। 

निगमले सार्वजनिक गरेको सूचनाअनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ। पशु सेवा शाखा, चपली–बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री हुनेछ।

त्यस्तै नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट÷सुगम र क्त्ऋ ग्यास बिक्री हुनेछन्। 

निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेको र सोहीअनुसार बिक्री वितरण गर्न उद्योगीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित व्यवस्था मिलाउन अनुरोध गरेको छ। पछिल्लो समय निगमले बजारमा ग्यासको आपूर्ति बढाए पनि केही व्यवसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाइएको जनाएको छ।

निगमले ग्यास आवश्यक पर्ने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भई ग्यास खरिद गर्न अनुरोध गरेको छ।

हाल १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम छ।

प्रकाशित: Aug 15, 2026| 19:36 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्