काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेको बताएका छन्।
कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी विभाजित मानसिकतामा रहेकोले कांग्रेसको विभाजन रोक्नुपर्ने बताएका हुन्।
यो भेला कांग्रेसलाई एकढिक्का बनाउन यो भेला आयोजना गरिएको बताउदै आफुलाई कांग्रेस एक हुनेमा विश्वास रहेको बताए।
देश संकटमा परेको बताउदै नेता कोइरालाले संसद ठिक ढंगले नचलेको टिप्पणी गरेका छन्। उनले प्रेस स्वातन्त्रता खतरामा परेको बताउदै उनले न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिए। प्रहरीले घर घरमा गएर खानतलासी गरिरहेको बताउदै प्रजातन्त्रमा यस्तो हुन नसक्ने बताए।