शुक्रबार, साउन २९, २०८३

नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४  अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो। आज जीवन वीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सुपर खुदी हाइड्रोको शेयर १२.८३ प्रतिशतले बढेको छ।

त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंक बण्डको ७० करोड ८७ लाख बराबरको कारोबार भएको छ भने खानीखोला हाइड्रोको १७ करोड ९८ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Aug 14, 2026| 16:25 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्