काठमाडौं- नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा उपास्थित भएका छन्।
सुकेधाराको मिराकल पार्टी भेन्युमा शुरु भएको भेलामा डा. कोइराला उपस्थित भएका हुन्। भेलाको आज पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् भने भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।
भेलाको बन्दसत्रमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ। त्यस्तै पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी मुलकको समसामयिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसँग सम्बन्धित प्रस्ताव नेता रमेश लेखक र प्रचार प्रसारसँग सम्बन्धित प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने बताइएको छ।