शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सस: त्वा हस्पिटालिटी प्रा.लि  र प्रभु बैंकबीच विशेष छुट सम्झौता

सस: त्वा हस्पिटालिटी प्रा.लि  र प्रभु बैंकबीच विशेष छुट सम्झौता

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

 

काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नं. ३, सागल स्थित Sasa Twa Hospitality Pvt. Ltd. र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट Central Business Centre का प्रमुख श्री लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख श्री रश्मि महर्जन तथा Sasa Twa Hospitality का तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत श्री सागर खनाल र सञ्चालक प्रबन्धक श्री सुशान महर्जनले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी र वैध परिचयपत्र भएका ग्राहकहरुले Sasa Twa Hospitality मा खाना तथा पेय पदार्थमा १०% देखि १५% सम्म छुट पाउनेछन्।यो छुट पाउन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय भुक्तानी प्रणाली मार्फत भुक्तानी गर्नुपर्ने छ।

प्रभु बैंकले देशभर ३०० शाखा कार्यालय, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले "विश्वास लिन्छौ, विश्वास दिन्छौ" भन्ने नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Aug 14, 2026| 12:41 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्