धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्।
राजीनामा अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए। उनले सरकारले भ्रष्टाचारमा सुन्ने सहनशीलताको नीति अवलम्बन गरेको र प्रदेश गौरवका योजनालाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको दाबी समेत गरे।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकारको प्रक्रिया सुरु हुनेछ केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच भएको सहमति अनुसार सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन हुनेछ।