बिहीबार, साउन २८, २०८३

नेप्सेमा वृद्धि, ३ अर्ब ७२ करोडको कारोबार

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ। आज विहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४७ कम्पनिका एक करोड २ लाख २५ हजार ८७४ कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मा कारोबार भएको थियो। आज लगानी र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर १०.४५ प्रतिशतले बढेको।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २९ करोड ९८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६९ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Aug 13, 2026| 15:43 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्